सिरहामा सार्वजनिक सवारीसाधनमा सीसीटिभी अनिवार्य  « Khabarhub

सिरहामा सार्वजनिक सवारीसाधनमा सीसीटिभी अनिवार्य 


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिरहा– जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सीसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ । 

जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रुवाहक सवारीसाधनमा सीसीटिभी जडान गरिसक्न निर्देशन दिएको हो ।

जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार सिरहा सदरमुकाम, लहान र मिर्चैयालगायत क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधनमा यो नियम लागू हुनेछ । सार्वजनिक यातायातमा हुनसक्ने चोरी, दुर्व्यवहार र अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गरी यात्रुलाई सुरक्षित महसुस गराउन यो कदम चालिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार तोकिएको २० दिनको समयसीमाभित्र सिसीटिभी जडान भए-नभएकोबारे यातायात व्यवस्था कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट नियमित अनुगमन गरिनेछ । 

निमित्त प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी गरिएको उक्त सूचनामा नियमको पालना नगर्ने सवारीसाधनलाई कारबाही गरिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १० : ३७ बजे

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर