बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने « Khabarhub

बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक सेवा प्रवाह गर्ने जनाएको छ । 

कार्यालयले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सार्वजनिक बिदामा पनि उपलब्ध गराउने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार सेवाग्राहीलाई सहजता प्रदान गर्न सार्वजनिक बिदामा पनि सेवा प्रवाह गरिनेछ । 

यसअन्तर्गत चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, उँभौली पर्व, गणतन्त्र दिवस, पृथ्वी जयन्ती, रक्षा बन्धन, घटस्थापना, धान्य पूर्णिमा, क्रिसमस डे, विभिन्न ल्होसार, माघी पर्व, प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, होलीलगायतका बिदामा सेवा सञ्चालन हुने उनले जानकारी दिए । 

त्यसैगरी मुस्लिम धर्मावलम्बीहरूको ईद (ईद उल फित्र) र बकर ईद (ईद उल अजहा) का अवसरमा पनि सेवा प्रवाह गरिने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले तोकिएका सार्वजनिक बिदाका दिन सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजातसहित उपस्थित हुन सबैमा आग्रह गरे। 

सेवाग्राहीको सहजताका लागि यो व्यवस्था लागू गरिएको बताउँदै उनले भने, ‘सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवा बिना अवरोध सञ्चालन हुन्छ ।’

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ११ : ०९ बजे

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल