संसदीय दलको नेता चयनका लागि कांग्रेसले डाक्यो बैठक « Khabarhub

संसदीय दलको नेता चयनका लागि कांग्रेसले डाक्यो बैठक


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि सांसदहरूलाई छलफलमा बोलाएको छ । संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले आज दिउँसो ३ बजे बैठक बोलाएको हो । बैठक कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । 

‘अहिले म दलको कार्यालयमै भेटघाटमा छु, सहमहामन्त्री प्रकाश जीले ३ बजेका लागि बैठकमा बोलाउनुभएको छ । एजेण्डा बारे भन्नुभएको छैन तर, संसदीय दलको नेता चयन गर्न बनेको समितिको सदस्यले बोलाएपछि दलको नेता चयनकै लागि भन्ने बुझेका छौँ,’ सांसद भरतबहादुर खड्काले भने ।
 
खड्का डोटीबाट निर्वाचित खड्का पनि दलको नेताको आंकाक्षी हुन । बिहीबार भएको संसदीय समितिमा उनलाई कांग्रेसले सार्वजनिक लेखा समितिको सर्वसम्मत उम्मेदवार बनाएको छ । उनी उक्त समितिको प्रमुख हुने पक्का छ । 

कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’निर्वाचन समितिका संयोजक समेत हुन । उनले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् ।

यसअघि संयोजक रसाइलीले २ गते दलको नेताको लागि छलफल तथा निर्वाचन कार्यतालिका प्रकाशन ३ गते सर्वसम्मतिको प्रयास र ४ चैतमा नेता चयन गर्ने तयारी भएको जानकारी दिएका थिए । तर, हालसम्म कार्यतालिका सार्वजनिक भएको छैन ।

भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी, मोहन आचार्य, निश्कल राई संसदीय दलको नेताको चर्चामा रहेका सांसद् हुन् । राइ, आचार्य र खड्का प्रत्यक्ष निर्वाचित हुन भने आङ्देम्बे र केसी समानुपातिकबाट आएका हुन् ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १२ : ५४ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६