लिड रोलमा काम नपाएर आफ्नो लागि आफैँ फिल्म बनाउँदै छिन् प्रियंका ? « Khabarhub

लिड रोलमा काम नपाएर आफ्नो लागि आफैँ फिल्म बनाउँदै छिन् प्रियंका ?


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सन् २०१९ सम्म पहिलो रोजाइमा रहेकी नायिका प्रियंका कार्की पछिल्लो समय खाली नै छन् भन्दा फरक पर्दैन ।

पछिल्लो समय प्रियंका शीर्ष भूमिकामा रहेको फिल्म नै प्रदर्शनमा आएको छैन । उनी अनुबन्ध भएको पनि सुनिएको छैन । सहायक भूमिकामा भए पनि उनले फिल्म गरिरहेकी छन् ।

कुनै समयकी व्यस्त नायिका सहायक भूमिकामा खुम्चिनुले उनको व्यवसायिक ग्राफ ओरालो लागेको नै देखिन्छ ।

गत वर्ष उनले गीत ‘मकै बारी दर्‍याम दर्‍याम’मा मोडलिङ गर्दा नै ‘फिल्म नपाएर सी ग्रेडको म्युजिक भिडियो गरिन्’ भन्ने चर्चा नभएको होइन । उनले दर्शकै तहबाट यो प्रतिक्रिया सुन्नुपर्‍यो ।

अहिले उनी आफ्नै होम प्रोडक्सनको फिल्म ‘मास्टर्नी’ प्रदर्शनको तयारीमा छन् । आफैँ निर्माता र शीर्ष नायिका बनेकी छन् ।

ट्रेलर रिलिज कार्यक्रममा उनलाई ‘लिड रोल नपाएर आफैँ फिल्म निर्माणमा लागेको हो ?’ भन्ने प्रश्न गरिएको थियो ।

प्रियंकाले आफूले काम नपाएको भन्ने प्रश्नको खण्डन गर्न चाहिनन् । बरु भनिन्, ‘जसले जे सोच्दा नि हुन्छ ।’

तथापि, फिल्म निर्माणमा आफ्नो अर्को पाइला भएको बताइन् । पूर्वनिर्णयमै निर्माण हात हालेको बताउँदै उनले थपिन्, ‘मेरो लागि भनेको फिल्म निर्माण अर्को पाइला हो । सन् २०२६ बाट निर्माताका रुपमा आउँछु भन्ने पनि थियो ।’

पछिल्लो दुई वर्ष आफू यही फिल्मको स्क्रिप्टको काममा व्यस्त रहेको उनको आशय थियो ।

‘लिड रोलकै लागि फिल्ममा आएको हो ?’ भन्ने विश्लेषणात्मक प्रश्नमा उनेको जवाफ छ, ‘प्रोडक्सन हाउस खोलेर प्रत्येक वर्ष आफूलाई मन परेको रोल गर्ने क्षमता छ भने, म त्यो गर्छु ।’

प्रियंकाको ‘मास्टर्नी’ भदौ १२ गते प्रदर्शनमा आउँदै छ । उनको यो डेब्यू निर्माण हो ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १ : ०० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह