संसद्लाई गतिशील बनाउन नयाँ नजीर आवश्यक : सभामुख अर्याल « Khabarhub

संसद्लाई गतिशील बनाउन नयाँ नजीर आवश्यक : सभामुख अर्याल


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद्लाई समयअनुकूल, गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक अभ्यासहरू त्याग्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसद्को कार्यशैली सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले देश र समाजको बदलिँदो आवश्यकता अनुसार संसद्लाई अघि बढाइने उल्लेख गर्दै विधेयक मस्यौदा प्रक्रियामा सरोकारवालासँगको छलफललाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

सभामुख अर्यालले यसपटकको बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको जानकारी दिँदै संसद्का प्रक्रिया, विधि, कानुन र संविधानको पूर्ण पालना गर्दै छिटोछरितो र परिणाममुखी काम गर्ने अभ्यास विकास गरिने बताए।

उनले प्रत्येक नागरिकले राज्यप्रति अपनत्व महसुस गर्ने गरी संसद्ले काम गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, नयाँ संसद् भवन निर्माण छिटै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले संसद् रिपोर्टिङका क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाए।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १ : ४४ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६