अस्पतालमा प्रतिबन्ध र महँगीले औषधि प्रतिनिधि प्रभावित, सुविधा वृद्धि गर्न माग « Khabarhub

अस्पतालमा प्रतिबन्ध र महँगीले औषधि प्रतिनिधि प्रभावित, सुविधा वृद्धि गर्न माग


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) काठमाडौंले औषधि प्रतिनिधिहरू (मेडिकल रिप्रेसेन्टेटिभ) को कार्य वातावरण सुधार गर्न सम्बन्धित निकाय र रोजगारदाता कम्पनीहरूलाई ध्यानाकर्षण गराएको छ ।

संघले बिहीबार जारी गरेको विज्ञप्तिमा पछिल्लो समय अस्पतालहरूले लागू गरेका विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरू र इन्धनको बढ्दो मूल्यका कारण औषधि प्रतिनिधिहरूको दैनिक कार्यसम्पादनमा प्रत्यक्ष असर परेको जनाएको छ । 

विशेषगरी सिभल अस्पताल,वीर अस्पताल तथा विभिन्न शिक्षण अस्पतालहरूले पूर्व–अनुमति बिना प्रवेशमा रोक लगाएपछि कार्यसम्पादन कठिन बनेको संघको भनाइ छ । संघका अनुसार औषधि प्रतिनिधिहरूले अस्पतालमा नियमित भ्रमण गरी चिकित्सकसँग समन्वय गर्नुपर्ने हुन्छ। तर पछिल्ला प्रतिबन्धले उनीहरूको काममा अवरोध सिर्जना गरेको र यसले रोजगारीमा समेत असर पार्ने देखिएको उल्लेख गरिएको छ।

यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण दैनिक खर्च बढ्दै जाँदा पनि कम्पनीहरूले आवश्यक सुविधा नबढाएको भन्दै संघले चिन्ता व्यक्त गरेको छ । संघले रोजगारदाता कम्पनीहरूलाई वर्तमान परिस्थितिअनुसार ‘डेली कल एभरेज’ पुनरावलोकन गर्न तथा यात्रा र महँगी भत्ता वृद्धि गर्न आग्रह गरेको छ ।

औषधि व्यवसाय सेवा–मुखी क्षेत्र भएकाले अव्यावहारिक बिक्री लक्ष्य र अनावश्यक मानसिक दबाब नदिन समेत संघले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष कोशराज अवस्थीले सदस्यहरूको हक–हित संरक्षणका लागि आफूहरू निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  २ : ०९ बजे

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर