हरिवंश स्टारर ‘पाँच पाण्डव’ तिहारमा प्रदर्शन हुने « Khabarhub

हरिवंश स्टारर ‘पाँच पाण्डव’ तिहारमा प्रदर्शन हुने


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –वरिष्ठ कलाकार हरिवंश आचार्य शीर्ष भूमिकामा रहेको फिल्म ‘पाँच पाण्डव’ आगामी तिहारमा प्रदर्शनमा आउने भएको छ । 

निर्माण पक्षले शुक्रबार एक थिम पोस्टर सार्वजनिक गरी प्रदर्शन मिति तिहारलाई तोकेको हो । त्यहाँ गते भने किटान गरिएको छैन । 

यसपटक भाइटीका कात्तिक २५ गते परेको छ । त्यसभन्दा अगाडिको रिलिज डेट कात्तिक २० हो । यही वरपर यो फिल्म प्रदर्शनमा आउने देखिन्छ । 

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ भन्छन्, ‘वितरकहरूसँगको सल्लाहले हामी तिहारमा फिल्म प्रदर्शन गर्ने निर्णय लिएका हौं ।’

यस फिल्ममा हरिवंशसहित जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील श्रेष्ठ पाँच पाण्डवको भूमिकामा छन् । उनीहरूको भूमिकाबारे यहाँभन्दा थप खुलाइएको छैन । 

नायिकाहरूमा दीपाश्री निरौला र सरिता गिरी शीर्ष भूमिकामा रहेका छन् । 

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन् । यस फिल्मको कथा र पटकथा सुशील पौडेलले लेखेका हुन् । 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ३ : १० बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा