हरिवंश स्टारर ‘पाँच पाण्डव’ तिहारमा प्रदर्शन हुने « Khabarhub

हरिवंश स्टारर ‘पाँच पाण्डव’ तिहारमा प्रदर्शन हुने


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –वरिष्ठ कलाकार हरिवंश आचार्य शीर्ष भूमिकामा रहेको फिल्म ‘पाँच पाण्डव’ आगामी तिहारमा प्रदर्शनमा आउने भएको छ । 

निर्माण पक्षले शुक्रबार एक थिम पोस्टर सार्वजनिक गरी प्रदर्शन मिति तिहारलाई तोकेको हो । त्यहाँ गते भने किटान गरिएको छैन । 

यसपटक भाइटीका कात्तिक २५ गते परेको छ । त्यसभन्दा अगाडिको रिलिज डेट कात्तिक २० हो । यही वरपर यो फिल्म प्रदर्शनमा आउने देखिन्छ । 

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ भन्छन्, ‘वितरकहरूसँगको सल्लाहले हामी तिहारमा फिल्म प्रदर्शन गर्ने निर्णय लिएका हौं ।’

यस फिल्ममा हरिवंशसहित जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील श्रेष्ठ पाँच पाण्डवको भूमिकामा छन् । उनीहरूको भूमिकाबारे यहाँभन्दा थप खुलाइएको छैन । 

नायिकाहरूमा दीपाश्री निरौला र सरिता गिरी शीर्ष भूमिकामा रहेका छन् । 

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन् । यस फिल्मको कथा र पटकथा सुशील पौडेलले लेखेका हुन् । 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ३ : १० बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले