सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज « Khabarhub

सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतको आदेशसँगै नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जा मन्त्री दीपक खड्का त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत चैत १५ गते काठमाडौंबाट पक्राउ परेका उनलाई सर्वोच्च अदालतले बिहीबार थुनामुक्त गर्न आदेश दिएको थियो। पक्राउ परेको भोलिपल्ट अर्थात् चैत १६ गतेदेखि बिरामी भन्दै त्रिवि शिक्षण अस्पतालमा बसेका उनी शुक्रबार डिस्चार्ज भएका हुन्।

सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार खड्काको पक्षमा आदेश दिएपछि उनी हिरासत मुक्त भइसकेका छन् । अब उनी अस्पतालबाट पनि घरतिर लागेका हुन् ।

यसअघि खड्काको तर्फबाट श्रीमती बिनिता थापाले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो।

उनी चैत १६ गते त्रिवि शिक्षण अस्पतालको १०२९ बेड नम्बरमा भर्ना भएका थिए । वालेन्द्र शाह नेतृत्वको सरकारले संखुवासभाका खड्कालाई सम्पत्ति शुद्धीकरण कसूर पक्राउ गरी हिरासतमा राखेको थियो ।

सर्वोच्चले यही बुधबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको थियो । उक्त मुद्दामा बधुबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिँह थापाको इजलासमा सुनुवाइ भएको थियो ।

सर्वोच्चले उक्त मुद्दाको बिहीबारको लागि तोकेर थुनामुक्त गर्न आदेश दिएको थियो । नेता खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले जेन-जी आन्दोलनको क्रममा खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा अनुसन्धान गरिरहेको छ ।

बुधबार मात्रै सर्वोच्चले राजस्व अनुसन्धान विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेश गर्न र अनुसन्धानको फाइल बुझाउन आदेश दिएको थियो।

विभागले पक्राउ गरे उनलाई अनुसन्धान प्रतिवेदनसहित आन्तरिक राजस्व अनुसन्धान विभागमा पठाएको थियो। आन्तरिक राजस्व अनुसन्धान विभागले त्यो फाइल सम्पत्ति शुद्धीकरण विभागमा पठाइदिएको थियो ।

सर्वोच्चले पूर्वनजिरलाई टेकेर खड्कालाई लगाइएको अभियोगमा मिलापत्र हुनसक्ने पनि भनेको थियो।

खड्काको रिटमा सर्वोच्च्ले बुधबार ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोध पत्र र थुनाको कारणसहितको लिखित जवाफ बिहीबार मध्याह्न १२ बजेसम्म पेश गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ४ : ०५ बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा