युद्धविरामसँगै घर फर्किन थाले हजारौँ लेबनानी (तस्बिरहरू) « Khabarhub

युद्धविरामसँगै घर फर्किन थाले हजारौँ लेबनानी (तस्बिरहरू)


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

बेरूत- लेबनानमा युद्धविराम लागू भएसँगै हजारौँ विस्थापित नागरिकहरू आफ्ना घरतर्फ फर्किन थालेका छन्। यसका कारण मुख्य सडकहरूमा लामो ट्राफिक जाम देखिएको छ।

शुक्रबार बिहानदेखि बेरुतका दक्षिणी क्षेत्रहरू तथा दक्षिणी शहर र गाउँतर्फ मानिसहरूको आवागमन तीव्र भएको छ। बेरुत–सिडोन–टायर जोड्ने तटीय राजमार्गमा सवारीसाधनको लामो लाइन देखिएको छ।

लेबनानको सिडोन शहरमा युद्धविराम लागू भएसँगै शुक्रबार बिहान विस्थापितहरू घर फर्किन थालेका हुन्। यस द्वन्द्वका कारण विशेष गरी दक्षिणी लेबनानमा १० लाखभन्दा बढी मानिसहरू घर छाड्न बाध्य भएका थिए।

सडकहरूमा गाडीहरूको लामो लाइन देखिएको छ भने मानिसहरू झण्डा फहराउँदै अस्थायी राहतको खुशी मनाइरहेका छन्।

धेरै व्यक्तिहरूका हातमा हिजबुल्लाहका पूर्व प्रमुख हसन नसरल्लाहको तस्वीर पनि देखिएको छ। इजरायलले सेप्टेम्बर २०२४ मा गरेको मिसाइल आक्रमणमा नसरल्लाह मारिएका थिए।

इजरायलले नरसंहारकारी आक्रमण गरेपछि लाखौँ लेबनानी विस्थापित भएका थिए । उनीहरूका हजारौँ घर जथाभावी बम हानेर इजरायलले ध्वस्त पारिदिएको छ ।

तस्बिरहरू : एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ४ : ३० बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ