एमाले–नेकपा एकता : आलोचनात्मक चेत राख्ने नेकपा नेताहरूको असहमति « Khabarhub

एमाले–नेकपा एकता : आलोचनात्मक चेत राख्ने नेकपा नेताहरूको असहमति


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच पुनः सुरु भएको एकताको विषयले दुवै पार्टी पङ्क्तिमा तरंग सिर्जना गरेको छ । तर, विगतमा एकता भएर विभाजित भएका यी दुई पार्टीबीच पुनः एकताबारे भने आलोचनात्मक चेत राख्ने दुवैतर्फका केही नेताहरू खासै उत्साहित छैनन् ।

नेकपाका केन्द्रीय सदस्य तथा चर्चित युवा नेता लेखनाथ न्यौपानले ‘बाम एकता मौसम कि बेमौसम ?’ प्रश्न गरेका छन् । उनले सत्य संगठन र संख्याको सत्यले निर्धारण नगर्ने तर्क गरेका छन् । ‘जतिबेलासम्म आफूभित्रको भ्रमलाई पार्टीमा सत्य ठानेर निर्णय गराउँछौँ त्यतिबेलासम्म हामीलाई कुनै अस्त्रले बचाउन सक्दैन, जस्तो पार्टी एकता, ध्रुवीकरण, पार्टी प्रवेश, आदि, आदि’, उनले भनेका छन्, ‘सत्य संगठन र संख्याको सत्यले निर्धारण गर्दैन, भन्ने आत्मस्वीकृति चाहिएको छ आज, हामी तयार छौं कि छैनौं ?’

उनले आजको सन्दर्भमा आफ्नो सान्दर्भिकता सकिएको छ कि छैन भन्ने सोचेर सच्याउन सकेमा उज्यालो सम्भावना अझै बाँकी भएको तर, त्यसो नभएमा अन्तिम विघटनको सुरुङमा पछिल्लो पुस्तालाई नहुल्न उनले अनुरोध गरेका छन् ।

नेकपाका अर्का नेता रामदीप आचार्यले जुन चेतनाबाट संकट पैदा भयो त्यही चेतनाबाट समाधान आउँदैन कि ? भनेर प्रश्न गरेका छन् । उनले संकट सिङ्गो प्रणालीमा भएको र निकास खुद्रा खुद्रामा खोज्दा सिंहको डरले भाग्न खोज्दा दलदलमा फसेको राँगोजस्तो हुन्छ कि ? भनेर पनि प्रश्न गरेका छन् ।

त्यस्तै, नेकपाका अर्का नेता शिव कोइरालाले अहिलेको नेतृत्वको ठूलो संख्या कार्यकारी जिम्मेवारीबाट नै बाहिरिनुपर्ने भन्दै त्यसो नगरी हुने एकताले उपलब्धि नदिने बताएका छन् । उनले ५५ वर्ष मुनिका नेताको नेतृत्वमा पार्टी बनाउन माग गरेका छन् ।

‘कम्तिमा एक सय जना अग्रजहरूले सल्लाहाकारको रूपमा जिम्मेवारी नलिने हो भने, जुनसुकै एकता गरे पनि हातमा लाग्ने शून्य नै हो’, उनले भनेका छन्, ‘बरु पहिलो पटक नेता ले जो भन्छन उसैको नेतृत्वमा एकता गरौं तर ५५ मुनिका को नेतृत्वमा पार्टी बनाऔँ ।’

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ५ : ३२ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि