सोमबारदेखि सेयर कारोबारमा ५ प्रतिशतमा पहिलो सर्किट ब्रेक, ८ प्रतिशतमा कारोबार बन्द हुने « Khabarhub

सोमबारदेखि सेयर कारोबारमा ५ प्रतिशतमा पहिलो सर्किट ब्रेक, ८ प्रतिशतमा कारोबार बन्द हुने


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले सेयर कारोबारका नियमहरूमा महत्त्वपूर्ण परिमार्जन गर्दै ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ जारी गरेको छ । नेप्से सञ्चालक समितिको यही वैशाख ३ गते बसेको बैठकले गरेको निर्णय अनुसार यो संशोधित विनियमावली यही ७ गतेदेखि लागू हुनेछ ।

परिमार्जित विनियमावलीले सेयर बजारको सर्किट ब्रेकर, मूल्य प्रविष्टि सीमा र कारोबार समय बाहेकका आदेश व्यवस्थापनमा नयाँ नियमहरू लागू गरेको छ । संशोधित विनियमावली अनुसार नेप्से परिसूचकमा लाग्ने सर्किट ब्रेकरको सीमा हेरफेर गरिएको छ । निरन्तर कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटी वा बढी भएमा १५ मिनेटका लागि कारोबारमा सर्किट ब्रेकर लगाइनेछ ।

यसअघि नेप्सेमा कारोबार भएको एक घण्टाभित्र नेप्से ३ प्रतिशतले घटी वा बढी भएमा १५ मिनेटका लागि कारोबार रोकिने गरेको थियो भने निरन्तर कारोबार सुरु भएको २ घण्टाभित्र नेप्से ४ प्रतिशतले बढी वा घटी भएमा ३० मिनेटका लागि कारोबार रोकिने व्यवस्था थियो ।

साथै, कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से ५ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द हुने व्यवस्था थियो । अब भने कारोबार चलिरहेको कुनै पनि समयमा नेप्से परिसूचक ८ प्रतिशतले घटी वा बढी भएमा सो दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ । कुनै पनि संगठित संस्थाको सेयर मूल्य सो दिन प्रारम्भिक कारोबार सत्रमा कायम भएको मूल्यको १५ प्रतिशत भन्दा घटी वा बढी हुने गरी कारोबार गर्न पाइने नपाइने उल्लेख छ । यसअघि यस्तो कारोबार १० प्रतिशत बढी वा घटी हुनेगरी कारोबार गर्न नपाइने व्यवस्था थियो ।

प्रारम्भिक कारोबार सत्र (प्रि ओपन) मा मूल्य प्रविष्टि गर्दा अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको ५ प्रतिशत घटी वा बढीको सीमाभित्र रहेर मात्र गर्नुपर्नेछ । साथै, नियमित सेसनमा कारोबार प्रविष्टि गर्दा प्रारम्भिक सत्रमा कायम भएको मूल्यको ३ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्नेछ ।

लगानीकर्ताले नेप्सेले तोकेको कारोबार समय अघि वा पछि ब्रोकरको (कारोबार सदस्य) प्रणालीमा कारोबारका लागि आदेश दिएमा ब्रोकरले त्यस्ता आदेशलाई समयको प्राथमिकता क्रममा राख्नुपर्ने नियमावलीमा उल्लेख छ । कारोबार समय सुरु हुनासाथ ब्रोकरले ती आदेशहरू नेप्सेको प्रणालीमा क्रमशः प्रविष्टि गर्नुपर्नेछ । यसरी आदेश प्रविष्टि गर्दा अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यको १५ प्रतिशत भन्दा घटी वा बढी नहुने गरी मात्र प्रविष्टि गर्न पाइनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ६ : ०८ बजे

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले