अमेरिकी नाकाबन्दी तोड्दै इरानका तीन ट्यांकर होर्मुजबाट निस्किए « Khabarhub

अमेरिकी नाकाबन्दी तोड्दै इरानका तीन ट्यांकर होर्मुजबाट निस्किए


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी नाकाबन्दीका बावजुद पनि इरानका तीनवटा तेल ट्यांकर होर्मुज स्ट्रेट पार गर्दै खाडीबाट बाहिर निस्केका छन् ।

मेरिटाइम ट्र्याकिङ फर्म केपलरका अनुसार, डीप सी, सोनिया-१ र डायोना नामका यी तीन ट्यांकरले करिब ५० लाख ब्यारल कच्चा तेल बोकेर निकालेका हुन् ।

यी जहाजहरूले यो महिनाको सुरुवातमा इरानको खार्ग आइल्यान्डबाट तेल भरेका थिए । यिनले बुधबार होर्मुज स्ट्रेट पार गरेका थिए ।

अमेरिकाले सोमबार मात्र इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको थियो, जसको मुख्य उद्देश्य इरानको तेल निर्यात रोक्नु थियो । तर, यसको बाबजुद यी तीन ट्यांकर खाडीबाट बाहिर निस्कन सफल भएका छन् ।

केपलरका अनुसार, यसअघि १० अप्रिलमा स्टारला नामको ट्यांकर होर्मुज पार गरेको थियो । त्यसपछि यो नै पहिलो ठूलो तेल ट्यांकरको आवतजावत हो ।

अमेरिकाले तेल निर्यात रोक्न कडा नाकाबन्दी लागू गरे पनि इरानले आफ्नो तेल निर्यातलाई केही हदसम्म निरन्तरता दिन खोजिरहेको देखिन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ६ : ३२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु