अमेरिकी नाकाबन्दी तोड्दै इरानका तीन ट्यांकर होर्मुजबाट निस्किए « Khabarhub

अमेरिकी नाकाबन्दी तोड्दै इरानका तीन ट्यांकर होर्मुजबाट निस्किए


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी नाकाबन्दीका बावजुद पनि इरानका तीनवटा तेल ट्यांकर होर्मुज स्ट्रेट पार गर्दै खाडीबाट बाहिर निस्केका छन् ।

मेरिटाइम ट्र्याकिङ फर्म केपलरका अनुसार, डीप सी, सोनिया-१ र डायोना नामका यी तीन ट्यांकरले करिब ५० लाख ब्यारल कच्चा तेल बोकेर निकालेका हुन् ।

यी जहाजहरूले यो महिनाको सुरुवातमा इरानको खार्ग आइल्यान्डबाट तेल भरेका थिए । यिनले बुधबार होर्मुज स्ट्रेट पार गरेका थिए ।

अमेरिकाले सोमबार मात्र इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको थियो, जसको मुख्य उद्देश्य इरानको तेल निर्यात रोक्नु थियो । तर, यसको बाबजुद यी तीन ट्यांकर खाडीबाट बाहिर निस्कन सफल भएका छन् ।

केपलरका अनुसार, यसअघि १० अप्रिलमा स्टारला नामको ट्यांकर होर्मुज पार गरेको थियो । त्यसपछि यो नै पहिलो ठूलो तेल ट्यांकरको आवतजावत हो ।

अमेरिकाले तेल निर्यात रोक्न कडा नाकाबन्दी लागू गरे पनि इरानले आफ्नो तेल निर्यातलाई केही हदसम्म निरन्तरता दिन खोजिरहेको देखिन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ६ : ३२ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम