नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ « Khabarhub

नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल रसायलीलाई पक्राउ गरेको छ । महेन्द्रनगर नगरविकास समिति (हाल भीमदत्त नगरविकास समिति) को जग्गा हिनामिना गरी भ्रष्टाचार गरेपछि अदालतबाट कैद र जरिवाना सजाय भएका भीमदत्त नगरपालिका–१३ का ४४ वर्षीय रसायलीलाई घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले विशेष अदालत काठमाडौँको २०८१ वैशाख २४ गतेको फैसलाले भ्रष्टाचार मुद्दामा फरार रहेका रसाइलीलाई चार वर्ष कैद सजाय र रु ७६ लाख ८२ हजार ४६६ जरिवाना तोकिएको बताए । “रसायलीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत कञ्चनपुर हुँदै कारागार पठाएको छ,” प्रवक्ता शाहीले भने, “फरार अभियुक्त पक्राउ गर्ने कामलाई जिल्लाभर तीव्रता दिएका छौँ ।”

यसअघि कञ्चनपुर प्रहरीले सोही मुद्दामा फरार रहेका नगर विकास समितिका पूर्वअध्यक्ष पल्टु रानालाई पक्राउ गरी कारागार चलान गरिसकेको छ । विशेष अदालत काठमाडौँबाट पाँच वर्ष ११ महिना कैद र रु ८५ लाख जरिवाना तोकिएका पल्टुलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले बेलौरी क्षेत्रबाटै पक्राउ गरी कारागार चलान गरेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ७ : ०२ बजे

कीर्तिपुरमा कारभित्रै जलेका व्यक्ति नरदेवी निवासी ७० वर्षीय सुरेशचन्द्र

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा कारभित्र जलेर ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको

जहाज आक्रमणबारे भारतको रुससँग कडा विरोध

नयाँदिल्ली- युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको एक व्यावसायिक मालवाहक जहाजमा भएको

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

शिक्षा र स्वास्थ्यमा कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा

सुकुना माविमा विद्यार्थीमाथि दुर्व्यवहार : पक्राउ पर्ने शिक्षकको संख्या चार पुग्यो

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना माध्यमिक