इरानी विदेशमन्त्रीले भने– होर्मुज जलमार्ग ‘पूर्ण रूपमा खुला’ « Khabarhub

इरानी विदेशमन्त्रीले भने– होर्मुज जलमार्ग ‘पूर्ण रूपमा खुला’


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले लेबनानमा जारी युद्धविरामको समयमा होर्मुज जलसन्धि खुला रहने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन् ।

समाचारमा जनाइएअनुसार लेबनानमा युद्धविराम कायम रहेको समय अर्थात् अबको १० दिनसम्म सबै व्यापारिक जहाजहरूले सो जलसन्धिबाट सहजै आवतजावत गर्न पाउनेछन् । इरानको बन्दरगाह तथा समुद्री संगठनले तोकेको मार्ग प्रयोग गरेर जहाजहरू हिँड्न सक्ने उनले स्पष्ट पारेका छन् ।

लेबनानमा भएको युद्धविरामको भावनालाई कदर गर्दै इरानले यो निर्णय लिएको बताइएको छ । यो जलसन्धि विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग मानिन्छ ।

यसअघि यस क्षेत्रमा देखिएको तनावका कारण समुद्री व्यापारमा ठप्प थियो । इरानको यो पछिल्लो घोषणाले अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रलाई केही राहत मिल्ने देखिएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ७ : २८ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको