इरानी विदेशमन्त्रीले भने– होर्मुज जलमार्ग ‘पूर्ण रूपमा खुला’ « Khabarhub

इरानी विदेशमन्त्रीले भने– होर्मुज जलमार्ग ‘पूर्ण रूपमा खुला’


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले लेबनानमा जारी युद्धविरामको समयमा होर्मुज जलसन्धि खुला रहने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन् ।

समाचारमा जनाइएअनुसार लेबनानमा युद्धविराम कायम रहेको समय अर्थात् अबको १० दिनसम्म सबै व्यापारिक जहाजहरूले सो जलसन्धिबाट सहजै आवतजावत गर्न पाउनेछन् । इरानको बन्दरगाह तथा समुद्री संगठनले तोकेको मार्ग प्रयोग गरेर जहाजहरू हिँड्न सक्ने उनले स्पष्ट पारेका छन् ।

लेबनानमा भएको युद्धविरामको भावनालाई कदर गर्दै इरानले यो निर्णय लिएको बताइएको छ । यो जलसन्धि विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग मानिन्छ ।

यसअघि यस क्षेत्रमा देखिएको तनावका कारण समुद्री व्यापारमा ठप्प थियो । इरानको यो पछिल्लो घोषणाले अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रलाई केही राहत मिल्ने देखिएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ७ : २८ बजे

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक