यूएईविरुद्धको टी–२० सिरिजका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा « Khabarhub

यूएईविरुद्धको टी–२० सिरिजका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले यूएईविरुद्ध हुने दुई खेलको टी–२० सिरिजका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। नियमित कप्तान रोहित पौडेल भने यसपटक टोलीमा परेका छैनन् ।

घोषित टोलीमा कुशल मल्लले पुनरागमन गरेका छन् भने सन्तोष यादवले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, नन्दन यादवलगायत खेलाडी समावेश छन्।

यस्तै अर्जुन साउद, हेमन्त धामी, शहाब आलम र शेर मल्लले पनि टोलीमा स्थान बनाएका छन्। रिजर्भमा प्रतिश जीसी, नारायण जोशी र राशिद खान रहेका छन्।

नेपाल र यूएईबीचका दुई खेल वैशाख ६ र ७ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे हुनेछन्।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ८ : ३४ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण