अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत « Khabarhub

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई आधिकारिकता दिएपछि तत्कालीन प्रवक्ता डा प्रकाशशरण महतले अपेक्षित निर्णय नआएको बताएका छन् ।

सर्वोच्चको फैसलालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै उनले राजनीतिक रुपमा पार्टीलाई एक बनाएर लैजाने जिम्मा अब गगन थापाको भएको बताएका हुन् ।

‘अब राजनीतिक रुपमा नेपाली कांग्रेस पार्टी कसरी जान्छ भन्ने कुरामा अहिले पनि प्रश्नवाचक छ । चुनौतीपूर्ण घडी देशमा छ, कांग्रेस यो अवस्थामा छ । त्यसकारण यो सबैलाई के गरेर लैजाने भन्ने महत्त्वपूर्ण कुरा छ,’ उनले भने, ‘१५औं महाधिवेशन सबैलाई मान्य हुने गरेर समझदारी साझा सुत्र अगाडि सारेर अधिवेशन तयारी समिति सबैको समझदारीमा हुन सक्यो भने पार्टी एक हुन सक्छ । त्यसको पहल गर्ने जिम्मेवारी उहाँहरूको हो आधिकारिकता उहाँहरूलाई नै दिइसकेपछि । त्यो अवस्थामा एकीकृत बनाएर लैजाने कसरी, अगाडि कसरी बढाएर लैजाने भन्ने कुरा मुख्य हो । अब यो मिलाउने जिम्मेवारी गगनजीको हो ।’

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ११ : ०६ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी