आईपीएलः सुनिल नारायण चम्किँदा गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जित « Khabarhub

आईपीएलः सुनिल नारायण चम्किँदा गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जित


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरातमाथि कोलकाताले २९ रनको रोमाञ्चक जित दर्ता गरेको छ । सुरुमा ब्याटिङ गरेको कोलकाताले दिएको २४८ रनको विशाल लक्ष्य बनाएको थियो ।

उसका लागि कप्तान शुभमन गिलले ८५ रन बनाउँदा जोस बटलरले ५७ रन ओपनर साई सुदर्शनले नटआउट ५३ रन बनाएर विशाल लक्ष्य प्रस्तुत गरेका हुन् । २४८ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्स निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१८ रनमा सीमित भएको हो ।

गुजरातका ब्याटरले क्रिजमा टिकेर रन जोडे पनि कोलकाताको बलिङ आक्रमण र विशाल रनरेटको दबाबका कारण टोली लक्ष्यभन्दा २९ रनले पछि परेको हो ।

उसका लागि फिन एलन, अङ्कृष्ण रघुवंशी र क्यामरुन ग्रीनले अर्धशतक प्रहार गरेका थिए । ओपनर फिनले ९३ रन बनाउँदा रघुवंशीले ८२ र ग्रीनले नटआउट ५२ रन जोडेका हुन् । तर उक्त रन जितका लागि पर्याप्त भएन ।

कोलकाताका स्पिनर सुनिल नारायणले किफायती बलिङ गर्दै गुजरातको रनको गतिमा ब्रेक लगाए। उनले आफ्नो स्पेलमा मात्र २९ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका सुनिल प्लेयर अफ द म्याच बने ।

तालिकाको सातौं स्थानमा रहेको कोलकाताले यो जितसँगै १२ खेलमा ११ अंक जोडेको छ । १३ खेल खेलिसकेको गुजरात भने १६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ६ : २८ बजे

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी