आईपीएलः सुनिल नारायण चम्किँदा गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जित « Khabarhub

आईपीएलः सुनिल नारायण चम्किँदा गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जित


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरातमाथि कोलकाताले २९ रनको रोमाञ्चक जित दर्ता गरेको छ । सुरुमा ब्याटिङ गरेको कोलकाताले दिएको २४८ रनको विशाल लक्ष्य बनाएको थियो ।

उसका लागि कप्तान शुभमन गिलले ८५ रन बनाउँदा जोस बटलरले ५७ रन ओपनर साई सुदर्शनले नटआउट ५३ रन बनाएर विशाल लक्ष्य प्रस्तुत गरेका हुन् । २४८ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्स निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१८ रनमा सीमित भएको हो ।

गुजरातका ब्याटरले क्रिजमा टिकेर रन जोडे पनि कोलकाताको बलिङ आक्रमण र विशाल रनरेटको दबाबका कारण टोली लक्ष्यभन्दा २९ रनले पछि परेको हो ।

उसका लागि फिन एलन, अङ्कृष्ण रघुवंशी र क्यामरुन ग्रीनले अर्धशतक प्रहार गरेका थिए । ओपनर फिनले ९३ रन बनाउँदा रघुवंशीले ८२ र ग्रीनले नटआउट ५२ रन जोडेका हुन् । तर उक्त रन जितका लागि पर्याप्त भएन ।

कोलकाताका स्पिनर सुनिल नारायणले किफायती बलिङ गर्दै गुजरातको रनको गतिमा ब्रेक लगाए। उनले आफ्नो स्पेलमा मात्र २९ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका सुनिल प्लेयर अफ द म्याच बने ।

तालिकाको सातौं स्थानमा रहेको कोलकाताले यो जितसँगै १२ खेलमा ११ अंक जोडेको छ । १३ खेल खेलिसकेको गुजरात भने १६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ६ : २८ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम