बालेनका सल्लाहकार भन्छन्- जनताको भरोसा नै हाम्रो पहिचान हो « Khabarhub

बालेनका सल्लाहकार भन्छन्- जनताको भरोसा नै हाम्रो पहिचान हो


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले जनताको भरोसा नै हाम्रो पहिचान भएको बताएका छन्।

सामाजिक सञ्जालमा सक्रिय शाहले आइतबार बिहान फेसबुकमार्फत् जनताको भरोसाप्रति विश्वास गरेका हुन्। कवितात्मक शैलीमा उनले कुनै राजनीतिक स्वार्थ र झुटो अभियान नभएर यो सरकारले जनताको भरोसामा पहिचान खोजेको बताएका हुन् ।

उनले देश बनाउने सपनामा जुटेको र नेपाल भन्दा माथि कुनै सम्मान नभएकोसमेत प्रष्ट पारेका छन्।

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको जिम्मेवारी सम्हालेपछि शाहले सरकारको कामकारबाही र राजनीतिक वृत्तमा नागरिकको भरोसा टुट्न नदिने गरी काम भइरहेको संकेत गरेका छन्। पछिल्लो समय राजनीतिक दल र नेताहरूमाथि जनआक्रोश बढिरहेका बेला शाहको यो भनाइ सार्वजनिक भएको हो।

शाहले फेसबुकमा लेखेका छन्
‘न स्वार्थको राजनीति, न झुटो अभियान,
जनताको भरोसा नै हो हाम्रो पहिचान।
देश बनाउने सपनामा जुटेका छौं हामी,
नेपालभन्दा माथि छैन कुनै सम्मान।’

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ८ : १० बजे

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण