बालेनका सल्लाहकार भन्छन्- जनताको भरोसा नै हाम्रो पहिचान हो « Khabarhub

बालेनका सल्लाहकार भन्छन्- जनताको भरोसा नै हाम्रो पहिचान हो


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले जनताको भरोसा नै हाम्रो पहिचान भएको बताएका छन्।

सामाजिक सञ्जालमा सक्रिय शाहले आइतबार बिहान फेसबुकमार्फत् जनताको भरोसाप्रति विश्वास गरेका हुन्। कवितात्मक शैलीमा उनले कुनै राजनीतिक स्वार्थ र झुटो अभियान नभएर यो सरकारले जनताको भरोसामा पहिचान खोजेको बताएका हुन् ।

उनले देश बनाउने सपनामा जुटेको र नेपाल भन्दा माथि कुनै सम्मान नभएकोसमेत प्रष्ट पारेका छन्।

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको जिम्मेवारी सम्हालेपछि शाहले सरकारको कामकारबाही र राजनीतिक वृत्तमा नागरिकको भरोसा टुट्न नदिने गरी काम भइरहेको संकेत गरेका छन्। पछिल्लो समय राजनीतिक दल र नेताहरूमाथि जनआक्रोश बढिरहेका बेला शाहको यो भनाइ सार्वजनिक भएको हो।

शाहले फेसबुकमा लेखेका छन्
‘न स्वार्थको राजनीति, न झुटो अभियान,
जनताको भरोसा नै हो हाम्रो पहिचान।
देश बनाउने सपनामा जुटेका छौं हामी,
नेपालभन्दा माथि छैन कुनै सम्मान।’

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ८ : १० बजे

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु