तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा « Khabarhub

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन् ।

स्वदेशमा नै केही गरौँ भनेर सामूहिक खेती थालिएको कृष्ण चौधरीले बताए । आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको बताए ।

हाल गाउँमै १२ कट्ठा खेतमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी जातका तरबुजा खेती गरिरहेको उनले जानकारी दिए ।

हाल आहाना, प्रतिकिलो ८० र स्विटहनी, सरस्वती, पूजा, दिव्या जातका तरबुजा प्रतिकिलो ५० रुपैयाँका दरले गाउँमा नै बिक्री भइरहेको छ । गाउँबाटै दैनिक सयदेखि डेढ किलोसम्म बिक्री हुने गरेको छ ।

तरबुजाको याम समाप्त भएपछि बदामलगायत अन्य सागसब्जीखेती गर्ने उनीहरूको योजना छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ९ : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको