३३औँ मदन–आश्रित स्मृति दिवस (तस्बिर) « Khabarhub

३३औँ मदन–आश्रित स्मृति दिवस (तस्बिर)


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस मनाएको छ ।

मदननगर बल्खुमा भएको कार्यक्रममा पूर्व राष्ट्रपति विद्या देवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् । यसतै, एमालेका वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी तथा नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

स्मृति सभाका अवसरमा नेता द्वय मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।

भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  १० : ११ बजे

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

काठमाडौं – करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या

रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू)

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौं – सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन