पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना « Khabarhub

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा विश्व सडक सुरक्षा सप्ताह २०२६ अन्तर्गत आज यहाँ जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि आज वीरगञ्जको माईस्थान–घण्टाघर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख युवराज कटवालले सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै साइकलयात्री तथा रिक्साचालकलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम गरेको बताए ।

‘सवारी दुर्घटना परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । त्यसैले यस्ता जनचेतनामूलक कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरण गर्नेतर्फ लागिरहेका छौँ,’ उनले भने, ‘कार्यालयले ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छौँ । विद्यालय–विद्यालयमा पुगेर पनि ट्राफिक जनचेतना कार्यक्रम गर्दै आइरहेका छौँ ।’

कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ता/श्रीपुर र वीरगञ्ज युवा समाजको समन्वयमा सो सचेतनामूलक कार्यक्रम सहभागी भएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  १० : ३१ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको