मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीबाट श्रद्धाञ्जली « Khabarhub

मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीबाट श्रद्धाञ्जली


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

मदन भण्डारी र जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा आज जारी गरेको सन्देशमा उनले दिवङ्गत नेताद्वयबाट कम्युनिष्ट आन्दोलन एवं एमालेको सङ्गठन विस्तारमा भएको योगदानको स्मरण गरिन् ।

सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रवर्तित जनताको बहुदलीय जनवादले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गप्रशस्त गर्दै एमालेलाई राजनीतिक शक्तिका रूपमा स्थापित गर्न अतुलनीय भूमिका निर्वाह गरेको उल्लेख गरिन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  १२ : ०१ बजे

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली