कमजोरी स्विकार्दै जनतामाझ जान उपाध्यक्ष पौडेलको आग्रह « Khabarhub

कमजोरी स्विकार्दै जनतामाझ जान उपाध्यक्ष पौडेलको आग्रह


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना तर्फबाट भएका भूल–त्रुटि र गल्ती–कमजोरीहरू स्वीकार गर्दै जनतासमक्ष आत्मालोचक भएर जान एमाले पङ्क्तिलाई आग्रह गरेका छन् ।

तेत्तिसौँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उपाध्यक्ष पौडेलले जनताको बहुदलीय जनवादको मर्मलाई ठिक ढङ्गले आत्मसात् गर्दै गुमेको जनताको विश्वास पुनः प्राप्त गर्न र नेकपा (एमाले)लाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको भूमिकामा पुनः स्थापित गर्न दृढ सङ्कल्प गर्नुपर्नेमा जोड दिए ।

‘यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन इतिहासकै सबैभन्दा ज्यादा अप्ठ्यारो मोड र रक्षात्मक अवस्थामा आइपुगेको छ । हामीले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा जनताको बहुदलीय जनवादबाट ठिक ढङ्गले निर्देशित हुन सक्यौँ वा सकेनौँ भनेर वस्तुनिष्ठ समीक्षा गर्न विलम्ब भइसकेको छ,’ उपाध्यक्ष पौडेलले भनेका छन् ।
 

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  १ : ५२ बजे

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण