लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत « Khabarhub

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले लेबनान र इजरायलबीच जारी युद्धविरामको अवधि ४५ दिनका लागि थप गरिएको निर्णयप्रति स्वागत व्यक्त गरेका छन् । उनले यस कदमले सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्न तथा प्रभावित नागरिकहरूको दुःख कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । ।

संयुक्त राष्ट्रसंघको प्रेस कार्यालयद्वारा जारी वक्तव्यअनुसार महासचिव गुटेरेसले द्वन्द्व अन्त्यका लागि भइरहेका सम्पूर्ण प्रयासप्रति समर्थन जनाउँदै लेबनान र इजरायलबीचको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षा र मानवीय सहायतामा विशेष ध्यान दिन आग्रह गरेका छन् । उक्त सीमारेखा संयुक्त राष्ट्रसङ्घले सन् २००० मा निर्धारण गरेको हो ।

उनले सम्बन्धित सबै पक्षलाई युद्धविरामको पूर्ण सम्मान गर्न, थप आक्रमण नगर्न तथा अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्तहरूको पालना गर्न आग्रह गरेका छन्। साथै, क्षेत्रीय शान्ति, स्थायित्व र आपसी समझदारी कायम राख्न संयमता तथा संवादको आवश्यकता औंल्याएका छन् ।

संयुक्त राष्ट्रसङ्घले सुरक्षा परिषद्को प्रस्ताव नम्बर १७०१ पूर्ण रूपमा कार्यान्वयन गर्न भइरहेका कूटनीतिक प्रयासलाई निरन्तर समर्थन गर्ने जनाएको छ । उक्त प्रस्ताव सन् २००६ मा लेबनानी समूह हिज्बुल्लाह र इजरायलबीच भएको युद्ध अन्त्य गर्नका लागि ल्याइएको थियो ।

युद्धविराम अवधि थप गरिनुले सीमावर्ती क्षेत्रमा केही राहत र स्थिरता आउने अपेक्षा गरिएको भए पनि अवस्था अझै संवेदनशील रहेकाले निरन्तर संवाद, सहकार्य र शान्तिपूर्ण पहल आवश्यक रहेको अन्तर्राष्ट्रिय समुदायले जनाएको छ ।
 

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  १ : २२ बजे

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु