मस्को क्षेत्रमा ड्रोन आक्रमण : ३ जनाको मृत्यु, दर्जनौं घाइते « Khabarhub

मस्को क्षेत्रमा ड्रोन आक्रमण : ३ जनाको मृत्यु, दर्जनौं घाइते


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसको राजधानी मस्को वरपरको क्षेत्रमा आइतबार बिहान भएको ठूलो मात्रामा भएको ड्रोन आक्रमणमा परी कम्तीमा ३ जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभले जानकारी दिएका छन् ।

उनका अनुसार एउटा आवासीय घरमा मानवरहित हवाई यान ठोक्किँदा एक महिलाको ज्यान गएको हो । साथै थप एक व्यक्ति भग्नावशेषमुनि फसेको र दुई पुरुषको पनि मृत्यु भएको पुष्टि गरिएको छ । उनले बिहान करिब ३ बजेदेखि नै वायु रक्षा प्रणालीले ठूलो मात्राको आक्रमण रोक्ने प्रयास गरिरहेको बताए।

यस घटनामा कम्तीमा ४ जना घाइते भएका छन् भने विभिन्न पूर्वाधार संरचनाहरूमा पनि क्षति पुगेको छ ।

राजधानी मस्कोमा मेयर सर्गेई सोब्यानिनका अनुसार रातभरमा कम्तीमा ७४ वटा मानवरहित हवाई यान खसालिएको वा अवरुद्ध गरिएको थियो । उनका अनुसार भग्नावशेष खस्दा १२ जना घाइते भएका छन् र केही स्थानमा सामान्य क्षति भएको छ ।

पछिल्लो २४ घण्टामा १२० वटा मानवरहित हवाई यान नष्ट गरिएको दाबी गरिएको छ । आक्रमणको जिम्मेवारीबारे आधिकारिक पुष्टि नभए पनि युक्रेनले रुसभित्र विभिन्न स्थानमा आक्रमण गर्ने क्रम बढाउँदै आएको छ, जसलाई उसले ‘प्रतिशोधात्मक कारबाही’ भन्ने गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै थप प्रतिकारात्मक आक्रमण गर्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  २ : ३६ बजे

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली