धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न « Khabarhub

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गोरखा – उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७ स्थित नौलीखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । आज यहाँ आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पुलको उद्घाटन गरेका हुन् ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत विनियोजित बजेटबाट पूर्वाधार विकास कार्यालय गोरखामार्फत निर्माण सम्पन्न भएको उक्त पुल उत्तरी गोरखा जोड्ने मुख्य संरचना हो । पुल निर्माण सम्पन्न भएसँगै उत्तरी गोरखा पुग्ने स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकलाई वर्षभर सवारी आवागमनमा सहजता हुने धार्चे गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

उनका अनुसार पुल निर्माण भएसँगै धार्चे गाउँपालिकाको केन्द्र माछाखोला तथा चुमनुब्री गाउँपालिकामा आवतजावत सहज भएको हो । नौलीखोलामाथिको निर्मित पुल सञ्चालनमा आएसँगै उत्तरी गोरखाबासीले चर्को भाडा तिरेर खाद्यान्नलगायत सामग्री ढुवानी गर्नुपर्ने बाध्यता अन्त्य हुने अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे ।

पुल निर्माणका लागि विसं २०७९ साउन २३ गते सूर्यदय कन्स्ट्रक्सन कम्पनी प्रालिसँग रु चार करोड ३४ लाख ७५ हजार ३५९ लागतमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ ।

विसं २०८१ साउन २२ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि आगामी साउन २२ गतेसम्मका लागि पुनःम्याद थप गरिएको थियो । करिब ३५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको उक्त पुल प्रिस्ट्रेस प्रविधिमा निर्माण भएको छ । निर्माण कम्पनीले केही दिनअघि मात्र पुल निर्माण सम्पन्न भएको भन्दै गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ९ : १४ बजे

न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोल्छु : प्रस्तावित न्यायाधीश पाण्डे

 काठमाडौँ  – सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्याय सम्पादन गर्दा

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था

इरानको केशम टापुमा दुई मिसाइल खसे, अमेरिकी ड्रोन खसालेको सेनाको दाबी

काठमाडौँ – इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् ।

 पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

काठमाडौँ– नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीको १५

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

नयाँदिल्ली– भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेपछि सङ्घीय सरकारले शुक्रबारदेखि