कांग्रेसलाई संविधान संशोधनबारे जेनजीले के दिए सुझाव ? « Khabarhub

कांग्रेसलाई संविधान संशोधनबारे जेनजीले के दिए सुझाव ?


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले संविधान सांसोधनका विषयमा विज्ञ तथा जेनजीहरुसंग सुझाव संकलन गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा संविधान संसोधनका विषयमा विज्ञ तथा जेनजीहरुसंग छलफल गरेको हो ।

छलफका क्रममा कांग्रस सभापति गगन थापाले अहिले हरेक कुरामा सरकार एकतर्फी ढंगले अगाडि बढिरहेको अवस्थामा संविधान संसोधनका विषयमा भने प्राप्त उपलब्धी गुमाउने हिसावको प्रस्ताव आए कांग्रेसलाइ मान्य नहुने बताए ।

सभापति थापाले शुसानका सम्वन्धमा धेरै कुरा संसोधन गर्नूपर्ने भन्दै प्रदेशलाइ अधिकार सम्पन्न बनाउन नसक्दा कमजोर बनेको उल्लेख गरे । समावेशिता र सहभागिताको कुरामा कांग्रेसले छलफल गरिरहेको थापाले बताउनुभयो । उनले न्यायलयको विषयमा पनि धेरै कुरा संविधानमा छुटेको बताउदै यस विषयमा कांग्रेस छलफल गर्न तयार रहेको बताए ।

छलफलका क्रममा विज्ञ प्राडा कष्ण खनालले संविधानका विषयमा सबैको धारणा साझा हुनुपर्ने बताए । उनले प्रदेश र स्थानिय चुनावपछि संविधान संसोधनको अझ धेरै छलफल हुनेबताए । प्राडा खनालले समानुपातिकलाइ २० प्रतिशत भन्दा बढी नचाहिने भन्दै १ सय १० बाट तल झार्न सुझाव दिए ।

उनले संबैधानिक परिषद बेकाम्बे भएको भन्दै यसलाइ फाल्नुपर्ने बताए । संवैधानिक परिषदलाइ नियुक्ती प्रक्रियाल निकम्बा बनाएको उनले आरोप लगाए। संबिधान बाटो भएकाले त्यो बाटो देखाउन कांग्रेस अग्रसर हनुपर्नेमा उनले जोड दिए ।

छलफलकैत्र क्रममा जेनजी अगुवा मजित अन्सारीले अनुसुची मा भएका केहि बुदाहरुले संबिधानमा प्रदेशलाइ निकम्पा बनाएको बताए । धेरै कुरामा संविधान मौन रहेका कारण बाधाहरु आइपर्ने भएकाले त्यसलाइ फुकाएर संसोधन गरेर अघि बढ्नुपर्ने उनले सुझाव दिए ।

प्रतिनिधिसभा जनताले अभिभावक खोजेपनि कांग्रेसले खभिभवकत्व देखाउन नसकेको उनको भनाइ छ । हअिलेको सरकारले एकतर्फी ढंगले अघि बढ्दा कांगे्रस किन नबोलेको भन्दै अन्सारीले प्रश्न गरे । छmलफलका क्रममा सरोकारवालाहरुले संविधान संसोधनका विषयमा आ आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ९ : ३३ बजे

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनको आदेश

काठमाडौं- उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका

अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिका र साउदी अरबले साउदीमा गैरसैनिक आणविक

एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्ष २०८२-८३ मा एक हजार ८७६