मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे ४ प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक कन्काई नगरपालिका–४ का ३५ वर्षीय मनोज कुमाल गम्भीर घाइते भएका थिए ।

घाइते कुमाललाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको थियो ।

कुमालको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  १० : १४ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,