विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै « Khabarhub

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

२०० औं अन्तर्राष्ट्रिय खेल पूरा गर्दै मेसी


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले आज अल्जेरियाको सामना गर्दैछ । अमेरिकाको कान्सास सिटी स्टेडियममा हुने यस खेलसँगै लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले आफ्नो उपाधि रक्षाको यात्रा सुरु गर्नेछ ।

यो खेल अर्जेन्टिनी कप्तान लियोनेल मेसीका लागि निकै ऐतिहासिक बन्नेछ । ह्यामस्ट्रिङको समस्याबाट पूर्ण रूपमा निको भइसकेका मेसीले आज मैदान उत्रिएसँगै आफ्नो २०० औं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछन् ।

यसका साथै ६ वटा छुट्टाछुट्टै विश्वकप खेल्ने उनी विश्वकै पहिलो खेलाडी समेत बन्नेछन् । विश्वकपमा उनको यो कीर्तिमानी २७ औं खेल हुनेछ ।

अर्जेन्टिनाका भरपर्दा गोलकिपर एमी मार्टिनेज औंलाको चोटबाट निको हुँदै टोलीमा फर्किएका छन् तर टोलीका मुख्य लेफ्ट ब्याक निकोलस तागलियाफिको भने चोटका कारण आजको खेलमा उपलब्ध हुने छैनन् ।

अर्कोतर्फ, अल्जेरियाली टोलीका मुख्य डिफेन्डर रामी बेन्सेबैनी गोलीगाँठोको चोटका कारण मैदान बाहिर रहने भएका छन् । यो खेल नेपाली समय अनुसार अहिले ६ ४५ मा सुरु हुँदैछ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ५ : ४६ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।