विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै « Khabarhub

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

२०० औं अन्तर्राष्ट्रिय खेल पूरा गर्दै मेसी


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले आज अल्जेरियाको सामना गर्दैछ । अमेरिकाको कान्सास सिटी स्टेडियममा हुने यस खेलसँगै लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले आफ्नो उपाधि रक्षाको यात्रा सुरु गर्नेछ ।

यो खेल अर्जेन्टिनी कप्तान लियोनेल मेसीका लागि निकै ऐतिहासिक बन्नेछ । ह्यामस्ट्रिङको समस्याबाट पूर्ण रूपमा निको भइसकेका मेसीले आज मैदान उत्रिएसँगै आफ्नो २०० औं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछन् ।

यसका साथै ६ वटा छुट्टाछुट्टै विश्वकप खेल्ने उनी विश्वकै पहिलो खेलाडी समेत बन्नेछन् । विश्वकपमा उनको यो कीर्तिमानी २७ औं खेल हुनेछ ।

अर्जेन्टिनाका भरपर्दा गोलकिपर एमी मार्टिनेज औंलाको चोटबाट निको हुँदै टोलीमा फर्किएका छन् तर टोलीका मुख्य लेफ्ट ब्याक निकोलस तागलियाफिको भने चोटका कारण आजको खेलमा उपलब्ध हुने छैनन् ।

अर्कोतर्फ, अल्जेरियाली टोलीका मुख्य डिफेन्डर रामी बेन्सेबैनी गोलीगाँठोको चोटका कारण मैदान बाहिर रहने भएका छन् । यो खेल नेपाली समय अनुसार अहिले ६ ४५ मा सुरु हुँदैछ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ५ : ४६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण