अल्जेरियाविरुद्ध अर्जेन्टिना २-० ले अघि, दोस्रो गोलसँगै मेसी कीर्तिमानको नजिक « Khabarhub

अल्जेरियाविरुद्ध अर्जेन्टिना २-० ले अघि, दोस्रो गोलसँगै मेसी कीर्तिमानको नजिक

मेसीको १५ औँ विश्वकप गोल


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — कप्तान लियोनेल मेसीको व्यक्तिगत दोस्रो गोलको मद्दतले विश्वविजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्धको खेलमा आफ्नो अग्रता दोब्बर बनाएको छ। खेलको ६० औँ मिनेटमा गोल गर्दै मेसीले टोलीलाई २-० को बलियो स्थितिमा पुर्‍याएका हुन्।

लिभरपुलका मिडफिल्डर अलेक्सिस म्याक अलिस्टरले पेनाल्टी बक्सबाहिर करिब २५ यार्डबाट प्रहार गरेको कडा र तल्लो सटलाई अल्जेरियाका गोलरक्षक लुका जिदानले सही ढङ्गले नियन्त्रणमा लिन सकेनन्। बल उनको छातीमा ठोक्किएर मैदानमा ड्रप भएको थियो। त्यही रिबाउन्ड बललाई मेसीले आफ्नो कम चल्ने दायाँ खुट्टाले सहजै पोस्टको दिशा दिए।

यो गोलसँगै मेसीको विश्वकप इतिहासमा गोल सङ्ख्या १५ पुगेको छ। अब थप एक गोल गरेमा मेसी विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गर्ने संघारमा आइपुगेका छन्।

फान्सका केलियन एम्बाप्पेले तोडेको उनको रेकर्ड पहिलो गोलबाट बराबरी गरेका मेसीले दोस्रो गोल गर्दै पछाडि छानेका हुन् । एम्बाप्पेले विश्वकपमा १४ गोल गरेका छन् ।

मेसीले ब्राजिलका रोनाल्डो (१५ गोल) बराबरी गर्दा जर्मनीका मिरोस्लाभ क्लोज (१६ गोल) भन्दा मात्र पछि छन् ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ८ : २३ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता