निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ « Khabarhub

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले भारतमा चिया निर्यातमा देखिएको समस्याका कारण इलामको चिया उद्योग बन्द हुने अवस्थामा आएको भन्दै चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरे ।

भारतीय चिया बोर्डले नयाँ मापदण्ड लागू गरेको र नेपाली चियाको गुणस्तरको रिपोर्ट नआएसम्म चिया बेच्न नपाइने व्यवस्थाले चिया किसानहरूले उद्योगमा ताला झुन्डाउनुपर्ने अवस्था आएको उनले बताए ।

उनले प्रधानमन्त्रीलाई चिया पसलमा गएर चिया पिउन फुर्सद भए पनि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न फुर्सत नभएको उल्लेख गरे । 

उनले चिया निर्यात खुलाउन जी टु जी पहल गर्न र दीर्घकालीन समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । 

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १२ : ४४ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा