च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल « Khabarhub

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै आएका छन् । 

चौधरीले छ वर्षदेखि सुभाष बहुउदेश्यीय कृषि फार्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन्। एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल पाँच कट्ठा जग्गामा १५ वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएको बताए ।

बाह्रै महिना च्याउ उत्पादन गर्ने गरेको बताउँदै चौधरीले आम्दानी पनि राम्रो हुने गरेको बताए । उनले भने, ‘वार्षिक रु २० लाखबराबरको च्याउ बिक्री हुन्छ । सबै खर्च कटाएर वार्षिक रु १० लाख आम्दानी हुन्छ । यस वर्ष रु ३० लाखसम्मको च्याउ बिक्री गर्ने लक्ष्य छ ।’

पहिले ज्ञान र सीपको कमीले छ महिना मात्रै च्याउ उत्पादन गर्ने गरेकामा हाल उनले बाह्रै महिना च्याउ उत्पादन गर्दै आएका छन् । चौधरीले उत्पादन गरेको कन्य च्याउ हाल बजारमा प्रतिकिलो रु २५० का दरले बिक्री हुँदै आएको छ ।

उनले भने, ‘कन्य च्याउको उत्पादन बढी हुन्छ । यसको खपत पनि राम्रो छ । लागत पनि कम छ । त्यसैले कन्य च्याउ नै उत्पादन गर्ने गरेको छु ।’ चौधरीले च्याउ फार्ममा दैनिक ज्यालादारीमा चार जनालाई रोजगारीसमेत दिएको र दैनिक प्रतिव्यक्ति रु ६०० देखि आठ ८०० सम्म ज्याला दिने गरेको बताउँछन् ।

लगानी कम र आम्दानी बढी भए पनि बजारको मागअनुसार च्याउ आपूर्ति गर्न कठिनाइ भइरहेको चौधरीजस्तै व्यावसायिक च्याउखेती गर्दै आएका किसान बताउँछन् । पछिल्लो समय बजारमा माग अत्यधिक रहेकाले च्याउखेतीको आम्दानीले सहजै जीविकोपार्जन हुने उनीहरूको भनाइ छ ।

च्याउखेतीबाट भएको आम्दानीले सबै घर खर्च र छोराछोरीको पढाइलेखाइ खर्च सजिलै जुटेको उनीहरू बताउँछन् । मिहिनेत गरे आफ्नै देशमा रोजगारी दिन र राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय पात्रका रूपमा व्यावसायिक च्याउखेती गर्दै आएका चौधरी रहेका छन् । रासस

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १२ : २७ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न