च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल « Khabarhub

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै आएका छन् । 

चौधरीले छ वर्षदेखि सुभाष बहुउदेश्यीय कृषि फार्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन्। एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल पाँच कट्ठा जग्गामा १५ वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएको बताए ।

बाह्रै महिना च्याउ उत्पादन गर्ने गरेको बताउँदै चौधरीले आम्दानी पनि राम्रो हुने गरेको बताए । उनले भने, ‘वार्षिक रु २० लाखबराबरको च्याउ बिक्री हुन्छ । सबै खर्च कटाएर वार्षिक रु १० लाख आम्दानी हुन्छ । यस वर्ष रु ३० लाखसम्मको च्याउ बिक्री गर्ने लक्ष्य छ ।’

पहिले ज्ञान र सीपको कमीले छ महिना मात्रै च्याउ उत्पादन गर्ने गरेकामा हाल उनले बाह्रै महिना च्याउ उत्पादन गर्दै आएका छन् । चौधरीले उत्पादन गरेको कन्य च्याउ हाल बजारमा प्रतिकिलो रु २५० का दरले बिक्री हुँदै आएको छ ।

उनले भने, ‘कन्य च्याउको उत्पादन बढी हुन्छ । यसको खपत पनि राम्रो छ । लागत पनि कम छ । त्यसैले कन्य च्याउ नै उत्पादन गर्ने गरेको छु ।’ चौधरीले च्याउ फार्ममा दैनिक ज्यालादारीमा चार जनालाई रोजगारीसमेत दिएको र दैनिक प्रतिव्यक्ति रु ६०० देखि आठ ८०० सम्म ज्याला दिने गरेको बताउँछन् ।

लगानी कम र आम्दानी बढी भए पनि बजारको मागअनुसार च्याउ आपूर्ति गर्न कठिनाइ भइरहेको चौधरीजस्तै व्यावसायिक च्याउखेती गर्दै आएका किसान बताउँछन् । पछिल्लो समय बजारमा माग अत्यधिक रहेकाले च्याउखेतीको आम्दानीले सहजै जीविकोपार्जन हुने उनीहरूको भनाइ छ ।

च्याउखेतीबाट भएको आम्दानीले सबै घर खर्च र छोराछोरीको पढाइलेखाइ खर्च सजिलै जुटेको उनीहरू बताउँछन् । मिहिनेत गरे आफ्नै देशमा रोजगारी दिन र राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय पात्रका रूपमा व्यावसायिक च्याउखेती गर्दै आएका चौधरी रहेका छन् । रासस

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १२ : २७ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका