काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई पूर्णता दिने दृढ लक्ष्यमा छन् । फुटबलको विश्व स्टार बनेर पनि रोनाल्डोले वर्ल्डकप जित्न सकेका छैनन् ।
सोहीकारण उनी ४१ वर्षको उमेरमा पनि विश्वकप हात पार्ने दौडमा छन् । उनी यो विश्वकप खेल्ने पाका खेलाडीको सूचीमा सुरुवात तिरै भटिन्छन् । त्यसैले आफ्नो सपना पूरा गर्ने प्रयासका लागि नयाँ खेलाडीलाई अवसर नदिएको आरोप पनि रोनाल्डोमा छ ।
उनका विपक्षी समर्थकहरूले उमेरलाई लिएर टिकाटिप्पणी गरिरहेका छन् । यसपालीको उनको पर्फमेन्स कमजोर देखिए उनी चर्को आलोचनामा पर्ने देखिन्छ ।
रोनाल्डोको यो छटौं विश्वकप हो र सायद अन्तिम पनि । सोहीकारण उनीमाथि विश्वको ध्यान छ । यसपटक ट्रफी पोर्चुगल भित्रिएन भने रोनाल्डोका लागि जीवनमा वर्ल्डकप क्षमता बाहिरको सपना हुनेछ ।
डीआर कंगोसँग पहिलो भेट
समूह ‘के’ को खेल अन्तर्गत रोनाल्डको टिम पोर्चुगल र डीआर कंगो प्रतिस्पर्धा गर्दैछन् । विश्वकप मञ्चमा यी दुई टोलीको पहिलो भेट हुन लागेको हो ।
पोर्चुगल फिफा वरीयतामा पाचौँ स्थानमा छ भने डीआर कंगो ४५ स्थानमा छ ।
सन् २००२ देखि पोर्चुगलले लगातार विश्वकप खेलिरहेको छ । डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा स्थान पाएको हो । पछिल्लो समय यस टोलीले सन् १९९४ मा सहभागिता जनाएको थियो ।
पोर्चुगल यो खेलमा सहज जित निकाल्न कन्फिडेन्ट छ ।
यता डीआर कंगो युरोपियन पावर हाउस पोर्चुगललाई हराएर सरप्राइज नजिता दिने दाउमा छ । यस टिमका प्रशिक्षक सेबास्टियन डेसाब्रेले रोनाल्डोको टोलीको दबाब सामान्य रुपमा लिन आफ्ना खेलाडी तयार रहेको अभिव्यक्ति दिए ।
उनले भने, ‘हामीले गर्नुपर्ने भनेको पहिलो खेलको दबाब सामना गर्नु हो । कुनै डर छैन ।’
खेल विश्लेषकहरूले यसपटक पोर्चुगिज टोली बलियो रहेको बताउँदै आएका छन् । डीआर कंगोको टोली भने अहिले फर्ममा नरहेको उनीहरूको विश्लेषण छ ।
पोर्चुगल पाँच खेलमा अपराजित छ । पाँच खेलमा चार जित र एक बराबरी छ । पछिल्ला पाँच खेलमा डीआर कंगोले दुई हार, दुई जित र एक बराबरी खेलेको छ ।
प्रमुख खेलाडी
पोर्चुगल :
रोनाल्डो तीव्र गति, पावर सर्ट र उत्कृष्ट भएको स्टाइकर हुन् । उनको प्रोफाइलले नै विपक्षी खेलाडीको मनोबल कमजोर पार्न सक्छ ।
ब्रुनो फर्नान्डेज पोर्चुगिच टोलीका अर्का पिल्लर हुन् । मिड फिल्डर फर्नान्डेज चलाखीपूर्ण ढंगले सटिक पास निकाल्न माहिर छन् । छनोट चरणमा पोर्चुगलले गरेको अधिकांश गोलमा उनको असिस्ट थियो ।
डीआर कंगो :
वान विस्साकाको तीव्र यो टोलीका अंग्रपक्तिका नायक हुन् । तीव्र गतिको दौड र सटिक सटले उनी परिचित छन् । काउन्टर एट्याक्कमा उनको खेल कौशल देख्न पाइन्छ । पोर्चुगल जस्ता बलिया टिमलाई उनीजस्ता खेलाडीले दबाबमा राख्ने सम्भावना बढी रहन्छ ।
चान्सेल म्बेम्बा डीआर कंगोको रक्षात्मक आधार हुन् । उनी टोलीका अनुभवी खेलाडी र कप्तान समेत हुन् ।
उनी पोर्चुगिच खेलाडीको स्किलबारे ज्ञान भएका डिफेन्डरका रुपमा पनि चिनिन्छन् । उनको खुबीले यस टोलीको डिफेन्स उत्कृष्ट रहने अनुमान गरिएको छ ।












प्रतिक्रिया