नेप्से परिसूचक झिनो अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचक झिनो अंकले बढ्यो


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ ।
 
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्य दशमलव शुन्य आठ अंकले उकालो लागेर दुई हजार सात सय पाँच दशमलव ५३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २० अंकले घटेर चार सय ६४ दशमलव ४३ मा सीमित भएको छ ।

कुल ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर रु तीन अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा एनआरएन इन्फास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्स, बुङ्गल हाइड्रो, सेन्ट्रल फाइनान्स, आँखु खोला जलविद्युत् कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, बुङ्गल हाइड्रो, त्रिशूली जलविद्युत् कम्पनी, एबिएल डिवेञ्चरका लगानीकर्ताले कमाएका छन् । एनएमबी डिवेञ्चर, प्राइम डिवेञ्चर, एबिएस डिवेञ्चर, डोल्टी पावर कम्पनी र लक्षमी उन्नति कोषका लगानीकर्ताले भने गुमाएका छन् । 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ४ : १२ बजे

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग