विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी « Khabarhub

विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपमा नयाँ इतिहास रचेका छन् । अल्जेरियाविरुद्ध ३–० को जितमा ह्याट्रिक गरेपछि मेसीको विश्वकप गोल संख्या १६ पुगेको छ। यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजको सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका छन् ।

३८ वर्ष ३५७ दिनको उमेरमा मेसी विश्वकपमा ह्याट्रिक गर्ने इतिहासकै सबैभन्दा पाका खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान क्रिस्टियानो रोनाल्डोको नाममा थियो ।

यो खेलसँगै मेसीले विश्वकपमा १७ जित हासिल गर्दै क्लोजको अर्को कीर्तिमान पनि बराबरी गरेका छन् ।

उनले विश्वकपमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी खेलाडी कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। यसअघि यो रेकर्ड ब्राजिलका रोनाल्डोको नाममा थियो । ब्राजिलका रोनाल्डोले विश्वकपमा १५ गोल गरेका छन् ।

मेसी विश्वकपका ६ फरक संस्करण खेल्ने पहिलो खेलाडी बनेका छन् । हालसम्म उनले विश्वकपमा २७ खेल खेलिसकेका छन्, जुन आफैँमा कीर्तिमान हो ।

कप्तानका रूपमा सर्वाधिक २० विश्वकप खेलमा टोलीको नेतृत्व गर्ने खेलाडी पनि मेसी नै हुन् । उनी विश्वकप इतिहासमा सर्वाधिक २,४०४ मिनेट मैदानमा बिताउने खेलाडीसमेत बनेका छन् ।

यति मात्रै होइन, विश्वकपको समूह चरणदेखि फाइनलसम्म सबै चरणमा गोल गर्ने एक्लो खेलाडी पनि मेसी हुन् । 

किशोरावस्थादेखि ३० र ४० वर्षको उमेर समूहसम्म विश्वकपमा गोल गर्ने दुर्लभ कीर्तिमान पनि उनकै नाममा छ ।

विश्वकपमा सर्वाधिक १२ पटक ‘प्लेयर अफ द म्याच’ अवार्ड जित्ने खेलाडी पनि मेसी हुन् । साथै, दुई पटक ‘गोल्डेन बल’ जित्ने विश्वका थोरै खेलाडीमध्ये उनी एक हुन् ।

३८ वर्षको उमेरमा पनि मेसीले विश्व फुटबलमा आफ्नो प्रभुत्व कायम राख्दै नयाँ कीर्तिमानहरू थपिरहेका छन्, र अब उनको लक्ष्य विश्वकप इतिहासकै एक्लो सर्वाधिक गोलकर्ता बन्ने देखिएको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ४ : १७ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका