चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न नेपाल इच्छुक : परराष्ट्रमन्त्री खनाल « Khabarhub

चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न नेपाल इच्छुक : परराष्ट्रमन्त्री खनाल


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ रहेको बताएका छन् । उनले चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न चाहेको बताएका हुन् ।

मंगलबार बेइजिङमा ग्लोबल टाइम्ससँगको अन्तर्वार्तामा उनले नेपाल–चीन सहकार्यका लागि सम्पर्क सञ्जाल (कनेक्टिभिटी) र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता भएको उल्लेख गरे।

परराष्ट्रमन्त्री खनाल आइतबारदेखि बुधबारसम्म चीन भ्रमणमा छन्। उनको यो भ्रमण भारत भ्रमणलगत्तै भएकाले धेरैले यसलाई कूटनीतिक सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरेका छन्।

यसबारे सोधिएको प्रश्नमा मन्त्री खनालले चीन र भारत दुवैसँग सन्तुलित सम्बन्ध राख्नु नेपालको प्राथमिकता भएको बताउँदै दुवै छिमेकीलाई महत्वपूर्ण साझेदारका रूपमा वर्णन गरे।

‘मेरो भ्रमणले हामीले दुवै देशलाई कति महत्व दिन्छौं भन्ने सन्देश दिएको छ। हामी विद्यमान सम्बन्धलाई अझ बलियो, अझ राम्रो र विगतभन्दा अझ गहिरो बनाउन चाहन्छौं,’ उनले ग्लोबल टाइम्सलाई भने।

खनालले नेपालले चीन र भारत दुवैसँग हजारौं वर्षदेखि आदानप्रदान गर्दै आएको उल्लेख गर्दै यी दुई प्राचीन सभ्यतासँग नेपालको सम्बन्ध सभ्यतागत आधारमा स्थापित भएको बताए। यही कारण नेपालले दुवै देशसँग विशेष प्रकारको सम्बन्ध राखेको उनको भनाइ थियो।

पहाड र नदीले जोडिएका निकट छिमेकीका रूपमा चीन र नेपालबीच विभिन्न क्षेत्रमा सहकार्य भइरहेको उनलेे बताएका छन्। चिनियाँ सरकारले सामुदायिक विकास, स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, ग्रामीण विकास तथा द्विपक्षीय व्यापारका क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गर्दै आएको भन्दै उनले सहकार्यका सम्भावना अझ व्यापक रहेको बताए।

नेपालको वर्तमान प्राथमिकता विगतको तुलनामा तीव्र आर्थिक वृद्धि हासिल गर्नु रहेको उल्लेख गर्दै उनले चीनसँगको सहकार्य मुख्यतः कनेक्टिभिटी, पूर्वाधार विकास तथा विज्ञान र प्रविधिमा केन्द्रित हुने बताए।

सीमापार सम्पर्क विस्तार गर्दै भू-परिवेष्ठित अवस्थाका सीमितताबाट मुक्त हुने आकांक्षा नेपालले लामो समयदेखि राख्दै आएको छ।

अन्तर्वार्ताका क्रममा मन्त्री खनालले ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जालअन्तर्गत सीमापार रेलमार्ग, सडक तथा विद्युत् प्रसारण लाइनजस्ता ठूला पूर्वाधार परियोजनाहरू अघि बढाउनु आवश्यक रहेको बताए। यस्ता परियोजनाले नेपाललाई भू-परिवेष्ठित देशबाट भू-जोडित देशमा रूपान्तरण गर्न मद्दत गर्ने उनको विश्वास छ।

हालै नेपाल सरकारले चिलिमे–केरुङ सीमापार प्रसारण लाइन परियोजनालाई अघि बढाउन चीनलाई जवाफ पत्र पठाउने निर्णय गरेको छ।

यसबारे मन्त्री खनालले आगामी चरणमा चिनियाँ प्राविधिक टोलीले विस्तृत सम्भाव्यता अध्ययन गर्ने जानकारी दिए। अध्ययन सम्पन्न भएपछि मात्र मार्ग र निर्माण योजनाबारे दुवै पक्षबीच अन्तिम निर्णय हुनेछ।

यो अत्यन्तै कठिन हिमाली क्षेत्र भएकाले परियोजना सम्पन्न हुने निश्चित समयसीमा अझ तय नभएको तर प्रारम्भिक प्रक्रिया अगाडि बढिरहेको उनले बताए।

खनालले ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जालबारे थप जानकारी दिँदै सीमापार प्रसारण लाइन र सीमापार रेलमार्ग यसका मुख्य परियोजना रहेको बताए।

रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन चीनले पूरा गरिसकेको र नेपालले जुन महिनाको अन्त्यसम्म पूर्ण प्रतिवेदन प्राप्त गर्ने अपेक्षा गरेको उनले बताए। त्यसपछि सीमाक्षेत्रका पूर्वाधार, मालवाहक करिडोर तथा क्षमता अभिवृद्धिसम्बन्धी कामहरू उक्त प्रतिवेदनका आधारमा अघि बढाइनेछन्।

यस्ता सीमापार सम्पर्क परियोजनाको आर्थिक तथा जनस्तरीय दुवै महत्व छ। व्यापारिक दृष्टिले चीन नेपालका लागि दोस्रो ठूलो व्यापारिक साझेदार हो। राम्रो सम्पर्क सञ्जालले नेपाली विशेष उत्पादनहरूको चीनतर्फ निर्यात विस्तार गर्न, विद्यमान ठूलो व्यापार घाटा कम गर्न तथा समग्र व्यापार वृद्धि गर्न सहयोग पुर्‍याउनेछ।

मानवीय दृष्टिले हेर्दा पनि सम्पर्क सञ्जाल वस्तुहरूको आवागमनका लागि मात्र नभई जनस्तरका सम्बन्ध विस्तार गर्ने पुलका रूपमा काम गर्नेछ। यातायात सुविधा सुधार हुँदा दुई देशका नागरिकबीचको आवतजावत बढ्ने र पारस्परिक समझदारी अझ गहिरिने उनको भनाइ थियो।

‘यी सम्पर्क परियोजनाहरूको प्राथमिक उद्देश्य चीनसँग अझ बलियो सम्बन्ध निर्माण गर्नु हो,’ उनले भने। जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थापना भएको १०५ वर्ष पूरा हुने अवसरमा मन्त्री खनालले बधाईसमेत व्यक्त गरे।

‘सीपीसीको नेतृत्वमा चीनले हासिल गरेको विकास अत्यन्तै उल्लेखनीय छ। तीव्र आर्थिक वृद्धिका क्षेत्रमा चीनको अनुभवबाट हामी सिक्न चाहन्छौं। छोटो अवधिमै करिब एक अर्ब मानिसलाई गरिबीबाट माथि उठाइएको हामीले देखेका छौं। त्यो नेपालको पनि आकांक्षा हो,’ उनले भने।

उनले थपे, ‘आगामी एक दशकभित्र नेपाललाई सम्मानित मध्यम आय भएको राष्ट्र बनाउने हाम्रो लक्ष्य छ। यही आकांक्षासहित हामी चीनसँग सहकार्य गर्न र मिलेर काम गर्न चाहन्छौं।’

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ४ : ३९ बजे

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन