तीन महिनामा एक हजार ४ सय ५२ सहकारी बचतकर्ताको रकम फिर्ता गरिसक्यौँ : मन्त्री रावल « Khabarhub

तीन महिनामा एक हजार ४ सय ५२ सहकारी बचतकर्ताको रकम फिर्ता गरिसक्यौँ : मन्त्री रावल


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पछिल्लो तीन महिनामामात्रै एक हजार ४ सय ५२ सहकारी बचतकर्ताहरूको रकम फिर्ता गरिएको बताएकी छन् ।

बुधबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले पछिल्लो तीन महिनामा आठ वटा समस्याग्रस्त सहकारीका रुजु भएका दस हजार वा सोभन्दा मुनिका १ हजार ४ सय ५२ साना बचतकर्ताहरूको रु ५९ लाख ४ हजार ६ सय बचत फिर्ता गरिएको जानकारी दिइन् । 

साथै तीन महिनामा तीन करोड ५४ लाख ४९ हजार रुपैयाँ ऋण असुली भइसकेको उनले बताइन् । 

उक्त रकम सम्बन्धित संस्थाका सञ्चालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारी तथा निजहरूको एकाघर परिवारका सदस्यहरूको सम्पत्ति र बैंक खाता रोक्का र सहकारी संस्थाको सम्पत्तिबाट व्यवस्थापन गरिएका मन्त्री रावलले जानकारी दिइन् । 

उनले सहकारीको क्षेत्रमा व्यथिति सम्बन्धी अध्ययन गर्न गठित आयोगले समेत विगतका वर्षहरूमा प्रभावकारी अनुगमन र नियमनको अभाव तथा भावी कार्यक्षेत्र विस्तार सेवा केन्द्रको थप विषय औँल्याएको उल्लेख गरिन्  ।

उनले वर्तमान सरकारले यस समस्याको दीर्घकालीन समाधान तथा बचतकर्ताहरूलाई यथाशीघ्र राहत उपलब्ध गराउने उद्देश्यका साथ काम अगाडि बढाइसकेको जिकिर गरिन्

समस्याग्रस्त सहकारी मात्र नभई देशका अन्य सहकारीको प्रभावकारी अनुगमन कार्य पनि छिट्टै सुरु गर्न लागिएको उनले बताइन् । 

त्यसैगरी मन्त्री रावलले निजामती कर्मचारीको उमेर हदका सम्बन्धमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तमा सम्बन्ध शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मस्यौदा रायका लागि कानून मन्त्रालयमा पठाइएको जानकारी दिइन् । 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ६ : ०४ बजे

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले