मेसी र यामलको भाइरल तस्बिर वास्तविक भएको युनिसेफको पुष्टि: विश्वकपको फाइनलमा प्रतिद्वन्द्वी « Khabarhub

मेसी र यामलको भाइरल तस्बिर वास्तविक भएको युनिसेफको पुष्टि: विश्वकपको फाइनलमा प्रतिद्वन्द्वी


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सामाजिक सञ्जालमा भाइरल भइरहेको स्पेनका युवा स्टार लामिन यामल र अर्जेन्टिनाका फुटबल आइकन लियोनल मेसीको पुरानो तस्बिर वास्तविक भएको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले पुष्टि गरेको छ । विश्वकपको फाइनल खेलमा तिनै बालक यामल र मेसीबीच मैदानमा रोचक प्रतिस्पर्धा हुन लागेपछि यो ऐतिहासिक तस्बिरको चर्चा विश्वभर चुलिएको हो ।

युनिसेफले सामाजिक सञ्जालमा पोस्ट गर्दै झन्डै १८ वर्षअघि एक परोपकारी फोटोसुटका क्रममा यी दुई स्टारबीच भेट भएको खुलासा गरेको हो ।

पुरानो त्यो संयोग
युनिसेफका अनुसार सन् २००७ डिसेम्बरमा आयोजित एक च्यारिटी फोटोसुटमा शिशु अवस्थाका यामल र उनकी आमा शीलाले मेसीलाई भेटेका थिए । त्यतिबेला मेसी भर्खरै विश्व फुटबलमा आफ्नो बलियो पहिचान बनाउँदै थिए भने यामल मात्र केही महिनाका शिशु थिए ।

फोटोग्राफर जोआन मोनफोर्टले खिचेको उक्त तस्बिरमा युवा मेसीले एउटा प्लास्टिकको टबमा रहेका बालक यामललाई नुहाइदिइरहेको र मुस्कुराइरहेको देख्न सकिन्छ । वर्षौँसम्म ओझेलमा रहेको यो तस्बिर यामल फुटबलको विश्वमञ्चमा उदाएसँगै सार्वजनिक भएको हो ।

मैदानभित्र प्रतिद्वन्द्वी, मैदानबाहिर सहयात्री
अहिले विश्वकपको फाइनल खेलमा यी दुई आमुन्ने-सामुन्ने हुँदै गर्दा यो तस्बिरलाई धेरैले एउटा ‘महान् विरासत हस्तान्तरण’ को रूपमा व्याख्या गरेका छन् । मैदानमा यी दुई उपाधिका लागि भिड्दै गर्दा मैदानबाहिर भने उनीहरू एउटै उद्देश्यका लागि काम गरिरहेका छन् ।

मेसी र यामल दुवैजना हाल युनिसेफका सद्भावना दूत हुन् । उनीहरूले आफ्नो लोकप्रियता र पहिचानलाई विश्वभरका बालबालिकाको अधिकार, सुरक्षा र उनीहरूको क्षमता विकासका लागि प्रयोग गर्दै आएका छन् ।

युनिसेफले आफ्ना यी दुई सद्भावना दूतको उपलब्धिलाई लिएर गर्व व्यक्त गरेको छ । “मैदानमा उनीहरूको उपलब्धिले करोडौँलाई प्रेरित गरेको छ भने मैदानबाहिर उनीहरू संसारका हरेक बालबालिकाको सुनौलो भविष्यका लागि आवाज उठाइरहेका छन्,” युनिसेफले भनेको छ, “उनीहरू हाम्रो हामीसँग रहेकोमा हामीलाई गर्व छ ।”

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ६ : ४० बजे

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

तुलसीपुर– लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना