लगातार छैटौँ रात इरानमा अमेरिकी हवाई आक्रमण, भारतको लगानी रहेको चाबहार बन्दरगाह पनि निशानामा « Khabarhub

लगातार छैटौँ रात इरानमा अमेरिकी हवाई आक्रमण, भारतको लगानी रहेको चाबहार बन्दरगाह पनि निशानामा


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकाले शुक्रबार लगातार छैटौँ रात इरानमाथि हवाई आक्रमण गरेको छ। यस क्रममा भारतको लगानी रहेको चाबहार बन्दरगाह पनि निशानामा परेको छ। आक्रमणबाट बन्दरगाहको नियन्त्रण (निगरानी) टावरमा क्षति पुगेको छ।

अमेरिकी रक्षामन्त्री पेट हेग्स्टेथले नियन्त्रण टावर क्षतिग्रस्त भएको तस्वीर सार्वजनिक गरेका छन्। इरानी समाचार एजेन्सी मेहरले पनि चाबहार बन्दरगाह र नियन्त्रण टावरमा अमेरिकी आक्रमण भएको पुष्टि गरेको छ। पछिल्लो एक साताभित्र उक्त टावरमाथि भएको यो तेस्रो आक्रमण हो।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार लडाकु विमान, ड्रोन र युद्धपोत प्रयोग गरी इरानका विभिन्न सैन्य अड्डामाथि आक्रमण गरिएको हो। आक्रमणका क्रममा तटीय निगरानी केन्द्र, हवाई प्रतिरक्षा प्रणाली, सैन्य रसद केन्द्र तथा नौसैनिक अड्डाहरूलाई लक्षित गरिएको सेन्टकमले जनाएको छ।

चाबहार बन्दरगाह भारतका लागि रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ। भारतले यसको विकासमा लगानी गरेको छ ।

यसको सञ्चालन भारतीय कम्पनी इन्डिया पोर्ट्स् ग्लोबल लिमिटेडले गरिरहेको छ। यो बन्दरगाहमार्फत भारतले पाकिस्तानलाई बाइपास गर्दै अफगानिस्तान तथा मध्य एसियासम्म व्यापारिक पहुँच विस्तार गर्दै आएको छ।

नियन्त्रण टावरमा क्षति

अमेरिकी हवाई आक्रमणबाट चाबहार बन्दरगाहको नियन्त्रण टावरमा क्षति पुगेको छ। रक्षामन्त्री हेगसेथले टावरको क्षतिग्रस्त अवस्थाको तस्वीर सार्वजनिक गरेका छन्।

इरानी सरकारी सञ्चारमाध्यमले चाबहारमाथि भएको तेस्रो अमेरिकी आक्रमणको पुष्टि गरे पनि नियन्त्रण टावरमा भएको क्षतिबारे विस्तृत जानकारी दिएको छैन। इरानका अनुसार उक्त टावरबाट बन्दरगाहमा आउने-जाने व्यावसायिक जहाजहरूको निगरानी गरिन्थ्यो।

युद्धविरामपछि पनि सैन्य टकराव

युद्धविराम सहमति भए पनि अमेरिका र इरानबीचको सैन्य तनाव कम भएको छैन। अमेरिकाले लगातार छैटौँ रात इरानका विभिन्न सैन्य अड्डामाथि हवाई आक्रमण जारी राखेको छ।

सेन्टकमले यो कारबाही इरानको सैन्य क्षमता थप कमजोर पार्ने उद्देश्यले गरिएको जनाएको छ। पछिल्लो करिब एक सातादेखि दुवै देशले एकअर्कामाथि निरन्तर आक्रमण गर्दै आएका छन्।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार हालैका अमेरिकी आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।

अमेरिकी सैन्य केन्द्रमा ड्रोन आक्रमण

इरानी सेनाले कुवेतस्थित अमेरिकी सैन्य सहायता केन्द्रहरूमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। सेनाका अनुसार यो कारबाही ‘थन्डर अपरेसन’ को १२औँ चरणअन्तर्गत गरिएको हो।

यससँग सम्बन्धित भिडियो पनि सार्वजनिक गरिएको छ, जसमा अमेरिकी सैन्य अड्डालाई लक्षित गरी ड्रोन आक्रमण गरिएको देखाइएको दाबी गरिएको छ।

वार्तामा बस्न चीन र पाकिस्तानको अपील

अमेरिका र इरानबीच बढ्दो तनावका बीच चीन र पाकिस्तानले दुवै देशलाई वार्ता पुनः सुरु गर्न आग्रह गरेका छन्। उनीहरूले वर्तमान संकटको समाधान सैन्य कारबाहीबाट नभई संवादमार्फत खोजिनुपर्ने बताएका छन्।

चीनको विदेश मन्त्रालयका अनुसार बिहीबार सांघाईमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री इशाक दारबीच भएको भेटवार्तामा पश्चिम एसियाको अवस्थाबारे छलफल भएको थियो।

भेटका क्रममा वाङ यीले सबै पक्षलाई युद्धविरामसम्बन्धी सहमतिको पालना गर्न र आफ्ना प्रतिबद्धता पूरा गर्न आग्रह गरेका थिए। उनले द्वन्द्वलाई थप चर्काउनेभन्दा संवादको प्रक्रिया पुनः सुरु गर्नु आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १ : ०६ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी