दुर्गेशको गीत ‘ताराबाजी लै लै’लाई प्रतिबन्ध लगाउन सरकारकहाँ निवेदन « Khabarhub

दुर्गेशको गीत ‘ताराबाजी लै लै’लाई प्रतिबन्ध लगाउन सरकारकहाँ निवेदन


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायक तथा कलाकार दुर्गेश थापाको आगामी चलचित्र ‘मास्टर्नी’ मा समावेश ‘ताराबाजी लै लै’ बोलको गीत प्रतिबन्ध लगाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दर्ता गरिएको छ।

तनहुँको व्यास नगरपालिका–११ स्थित वाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबहादुर भट्टराईले शुक्रबार उक्त गीत प्रतिबन्ध लगाउन मागसहित मन्त्रालयमा निवेदन दर्ता गरेका हुन्।

उक्त गीतले समग्र शिक्षक समुदाय, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेशाको मर्यादामा आँच पुर्‍याएको दाबी उनले गरेका छन्।

निवेदनमा गीतका शब्दहरू शिक्षक समुदायप्रति अपमानजनक, अमर्यादित तथा नेपाली संस्कृति भड्काउने प्रकृतिका रहेको उल्लेख गर्दै तत्काल प्रतिबन्ध लगाउन माग गरिएको छ।

भट्टराईले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै दिएको निवेदनमा गीतले शिक्षण पेशाको गरिमा घटाउने खालको सन्देश प्रवाह गरेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  २ : ४५ बजे

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका