हिरासतबाट छुटेपछि किशोर श्रेष्ठको प्रतिक्रिया: ‘सत्य मरेको छैन, कलम हारेको छैन’ « Khabarhub

हिरासतबाट छुटेपछि किशोर श्रेष्ठको प्रतिक्रिया: ‘सत्य मरेको छैन, कलम हारेको छैन’


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतको आदेशमा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतबाट छुटेपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिएका छन्। थुनामुक्त भएलगत्तै श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै ‘सत्य नमरेको र कलम नहारेको’ बताएका हुन्।

“पन्छीको ठाउँ पिँजडा होइन, खुल्ला आकाश नै प्रिय लाग्छ उसलाई। ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ,” श्रेष्ठले लेखेका छन्, “सत्य मरेको छैन, कलम हारेको छैन। सबैलाई बधाई, सबैलाई शुभकामना।”

एक युवतीको तस्बिरसहित जनआस्थामा प्रकाशित सामग्रीलाई लिएर श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता उल्लङ्घनको जाहेरी परेको थियो। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा सम्पादक वा प्रकाशकलाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएको स्पष्ट पारेको छ। अदालतमा उक्त तस्बिर जाहेरवाला स्वयंले नै आफ्नो फेसबुकमा सार्वजनिक गरेको प्रमाण पेश भएको थियो।

सामाजिक सञ्जालमा व्यक्तिले आफैँ सार्वजनिक गरेको सामग्रीलाई सञ्चारमाध्यमले पुनः प्रकाशन गरेकै आधारमा मात्रै फौजदारी कसुरको रूप दिन र सम्पादकलाई थुनामा राख्न उचित नहुने सर्वोच्चले व्याख्या गरेको छ। सोही आदेशबमोजिम श्रेष्ठलाई हाजिर जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिँदै हिरासतबाट मुक्त गरिएको हो।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ९ : ४० बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष