मकवानपुर दुर्घटनामा घाइते न्यायाधीश डाँगीसहित चार जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो « Khabarhub

मकवानपुर दुर्घटनामा घाइते न्यायाधीश डाँगीसहित चार जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो


२ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मकवानपुरको भीमफेदीमा सवारी दुर्घटनामा परी घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। नेपाली सेनाले उद्धार गरेर वीरेन्द्र अस्पताल, छाउनीमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा सडकबाट झन्डै ५० मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा परी घाइते हुनुभएका दाङ तुलसीपुर उपमहानगरपालिका–९ का ५७ वर्षीय न्यायाधीश डाँगीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनीसँगै गाडीमा सवार अन्य पाँच जनासमेत घाइते भएका छन्।

हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका न्यायाधीश डाँगी, रजिष्ट्रारका छोरा रितेन्द्र बडु, छोरी रिता बडु र श्रीमती लक्ष्मी बडुलाई उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल भर्ना गरिएको छ। घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा परेर घाइते भएका उच्च अदालतका रजिष्ट्रार तारादत्त बडु र गाडी चालक छुनिलाल चौधरीको भने हेटौँडा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्लेले जानकारी दिए।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  १० : २० बजे

आज विश्व मधुमेह दिवस

काठमाडौँ– आज विश्व मधुमेह दिवस । विश्वका विभिन्न देशमा विविध

म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

म्याग्दी– धौलागिरि क्षेत्रका चार जिल्ला कार्यक्षेत्र हुने गरि म्याग्दीको सदरमुकाम

जङ्गली हात्ती आतङ्क : नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

झापा– जङ्गली हात्तीबाट भइरहेको जनधनको क्षति रोक्न नयाँ सौर्य विद्युतीय

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

अन्ताल्या– संयुक्त राष्ट्रसङ्कका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५