मकवानपुर दुर्घटनामा घाइते न्यायाधीश डाँगीसहित चार जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो « Khabarhub

मकवानपुर दुर्घटनामा घाइते न्यायाधीश डाँगीसहित चार जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मकवानपुरको भीमफेदीमा सवारी दुर्घटनामा परी घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। नेपाली सेनाले उद्धार गरेर वीरेन्द्र अस्पताल, छाउनीमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा सडकबाट झन्डै ५० मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा परी घाइते हुनुभएका दाङ तुलसीपुर उपमहानगरपालिका–९ का ५७ वर्षीय न्यायाधीश डाँगीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनीसँगै गाडीमा सवार अन्य पाँच जनासमेत घाइते भएका छन्।

हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका न्यायाधीश डाँगी, रजिष्ट्रारका छोरा रितेन्द्र बडु, छोरी रिता बडु र श्रीमती लक्ष्मी बडुलाई उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल भर्ना गरिएको छ। घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा परेर घाइते भएका उच्च अदालतका रजिष्ट्रार तारादत्त बडु र गाडी चालक छुनिलाल चौधरीको भने हेटौँडा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्लेले जानकारी दिए।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  १० : २० बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर