मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह « Khabarhub

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य र सरोकारवालालाई आग्रह गरेको छ ।

निर्वाचन आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन् । आयोगले बेला बेलामा मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमितरूपमा मतदाता नामावली अद्यावधिकको कार्य गर्दै आइरहेको छ ।

मतदाताको मृत्यु पछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था छ ।

मतदाता नामावलीलाई अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयताको आधार हो । विज्ञप्तिमा भनिएको छ । गत फागुन २१ गतेको निर्वाचन पछि गत चैत २२ गतेबाट मतदाता नामावली सङ्कलन तथ अद्यावधिक कार्य सञ्चालन हुँदै आएको छ ।

राष्ट्रिय परिचयपत्र भएकाले सोको आधारमा मतदाता नामावलीमा अनलाइन प्रणालीमार्फत नाम दर्ता गर्न सक्ने प्रावधान छ । राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भरी आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्छ ।

मतदाता नामावलीमा नाम, थर तथा ठेगाना सच्याउने, एउटै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको अवस्थामा मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकता अनुसारको विवरण नभएमा नागरिकताअनुसार सच्याउने तथा दोहोरो नाम हटाउनेलगायतका काम अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था छ ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ११ : २० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि